गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
१२८ पटक हेरिएको
Shares
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु

सारांश

  • सिरहाको औरही गाउँपालिकाका वडा नं.
  • २ का रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
  • यस्तै गोलबजार प्रदर्शनमा गोली लागेर घाइते युवक सुभाष ठाकुरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
दैनिक समाचारदाता
सिरहा, १४ साउन । 
सिरहाको गोलबजारमा बिहीबार गोली लागेर एक जनाको मृत्यु भएको छ भने अर्का गम्भिर घाइते भएका छन् ।
सिरहाको औरही गाउँपालिकाका वडा नं. २ का रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
यस्तै गोलबजार प्रदर्शनमा गोली लागेर घाइते युवक सुभाष ठाकुरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
यसअघि सुनसरीको कप्तानगञ्जको घटनाको बिरोधमा दुई समूहबीच झडप हुँदा गोलबजारमा एक दर्जन भन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ ।
आगजनी भएपछी गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगोलागी नियन्त्रणमा लिइएको थियो ।
यस्तै बिहीबारै प्रदर्शनकारीहरुले गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाएका छन् ।
यसैबीच सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कफ्र्युु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा बिहीबार जारी आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण, आन्दोलन तथा हुलदङ्गा भइ शान्ति भङ्ग हुन सक्ने देखिएको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो ।
आदेशअनुसार कफ्र्यु लागू हुने क्षेत्र पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ को कहरहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चौर्हवा चोकसम्म, उत्तरतर्फ गोलबजार वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ तथा वडा नम्बर ४ स्थित राजकीय प्राविधिक बहुमुखी क्याम्पस वरपरको क्षेत्र तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयले साउन १४ गते दिउँसो २ः०० बजेदेखि अर्को आदेश नभएसम्म कफ्र्यु लागू रहने जनाएको छ । प्रशासनले जारी आदेशको पूर्ण पालना गरी जिल्लाको शान्ति र सुरक्षा कायम गर्न सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । आदेश उल्लङ्घन गरी कुनै गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ भने प्रभावित क्षेत्रमा निगरानीसमेत बढाइएको छ । स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ः०० बजेदेखि अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ । घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।
यस्तै सिरहाको लहान नगरपालिका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फयु आदेश जारि गरेको छ । पूर्वमा बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) तथा दक्षिणतर्फ–पूर्व पश्चिम रामार्गबाट ५ सय मिटरसम्मको क्षेत्रमा कर्फयु आदेश जारि गरेको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
ज्यान मुद्दाका फरार प्रतिवादी बिस वर्षपछि पक्राउ 
ज्यान मुद्दाका फरार प्रतिवादी बिस वर्षपछि पक्राउ 
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
स्व. सिंहको स्मृति दिवस मनाइयो  
स्व. सिंहको स्मृति दिवस मनाइयो  
वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन