गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
२०४ पटक हेरिएको
Shares
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु

सारांश

  • सिरहाको औरही गाउँपालिकाका वडा नं.
  • २ का रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
  • यस्तै गोलबजार प्रदर्शनमा गोली लागेर घाइते युवक सुभाष ठाकुरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
दैनिक समाचारदाता
सिरहा, १४ साउन । 
सिरहाको गोलबजारमा बिहीबार गोली लागेर एक जनाको मृत्यु भएको छ भने अर्का गम्भिर घाइते भएका छन् ।
सिरहाको औरही गाउँपालिकाका वडा नं. २ का रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
यस्तै गोलबजार प्रदर्शनमा गोली लागेर घाइते युवक सुभाष ठाकुरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
यसअघि सुनसरीको कप्तानगञ्जको घटनाको बिरोधमा दुई समूहबीच झडप हुँदा गोलबजारमा एक दर्जन भन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ ।
आगजनी भएपछी गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगोलागी नियन्त्रणमा लिइएको थियो ।
यस्तै बिहीबारै प्रदर्शनकारीहरुले गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाएका छन् ।
यसैबीच सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कफ्र्युु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा बिहीबार जारी आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण, आन्दोलन तथा हुलदङ्गा भइ शान्ति भङ्ग हुन सक्ने देखिएको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो ।
आदेशअनुसार कफ्र्यु लागू हुने क्षेत्र पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ को कहरहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चौर्हवा चोकसम्म, उत्तरतर्फ गोलबजार वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ तथा वडा नम्बर ४ स्थित राजकीय प्राविधिक बहुमुखी क्याम्पस वरपरको क्षेत्र तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयले साउन १४ गते दिउँसो २ः०० बजेदेखि अर्को आदेश नभएसम्म कफ्र्यु लागू रहने जनाएको छ । प्रशासनले जारी आदेशको पूर्ण पालना गरी जिल्लाको शान्ति र सुरक्षा कायम गर्न सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । आदेश उल्लङ्घन गरी कुनै गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ भने प्रभावित क्षेत्रमा निगरानीसमेत बढाइएको छ । स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ः०० बजेदेखि अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ । घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।
यस्तै सिरहाको लहान नगरपालिका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फयु आदेश जारि गरेको छ । पूर्वमा बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) तथा दक्षिणतर्फ–पूर्व पश्चिम रामार्गबाट ५ सय मिटरसम्मको क्षेत्रमा कर्फयु आदेश जारि गरेको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
विशेष सुरक्षा योजना लागु
विशेष सुरक्षा योजना लागु
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
भन्सार छलिका विभिन्न सामानहरु नियन्त्रणमा
भन्सार छलिका विभिन्न सामानहरु नियन्त्रणमा
आइपुग्यो अक्सिजन प्लान्ट
आइपुग्यो अक्सिजन प्लान्ट