स्थानिय समाचार

सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता

 सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता भएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरि ४ लाख १८ हजार ३ सय ७४ मतदाता कायम भएको हो ।  जिल्लाका १८ वटै स्थानिय तह मध्ये सबै भन्दा बढी राजविराज नगरपालिकामा २१ हजार ६ सय ८० पुरुष, १९ हजार ४ महिला र २ अन्य गरि ४० हजार ६ सय ८६ तथा सबै भन्दा कम बलान बिहुल गाउँपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ६ हजार ८ सय ९ महिला गरि १४ हजार ४ सय ९८ मतदाता रहेका छन् ।….