स्थानिय समाचार

किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद

 राजविराज नगरपालिका ७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी खरीद बिक्री गर्ने कार्यमा सलंग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई जिल्ला अदालत सप्तरीले कैद सजायको फैसला सुनाएको छ । जग्गाधनी काम विशेषले विदेशमा रहेका बेला उनलाई जानकारी नै नदिइ जग्गा खरीद बिक्री कार्यक्रमा संलग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज ५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधबार ६÷६ वर्ष कैद सजाय भएको हो ।…..