स्थानिय समाचार

नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप

 सप्तरीको रुपनी गाउँपालिका ५ साविकको बसबिटी गाविस निवासी विशेश्वर साहले नापी कार्यालय राजविराजले अनाधिकृत रुपमा नम्बरी जग्गालाई बाटो कायम गरिदिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि जग्गाधनी साहले राजविराज नगरपालिका वडा नं. ७ साविकको वडा नं. १ मा रहेको १ कठ १५ धुर जग्गा मध्ये साढे ४ धुर जग्गालाई बाटो कायम गरि नापी गरिदिएको आरोप लगाए । ….