दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ अन्तरगत हनुमाननगर कंकालीनी नगरपालिका वडा नं. १३ गोबरगाडास्थित अत्ति संवेदनशिल र भारतिया सिमा जोडिएको एकान्त निर्वाचन स्थलमा सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै बरख गणले नियमित एरिया डोमिनेशन पट्रोल र सुरक्षा निगरानी बढाएको छ ।
बरख गणसँगै शसस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त पट्रोल योजना गरी सुरक्षा प्रत्याभुतिको लागी गतिविधि बढाएको हो ।
यसैबीच फागुन १३ गते उक्त मतदान स्थलमा सुरक्षा प्रदान गर्न नेपाली सेना बरख गणको पट्रोलिङ्ग टोलीले एक स्थानिय बालिकालाई खुट्टाकाटि घाईते अवस्थामा भेटिदा उद्धार गरि आफ्नो बेशमा ल्याई प्राथामिक उपचार गरी उनका परिवारलाई बुझाएको बरख गणका गणपति सोभित बहादुर चन्दले जानकारी दिए ।
उक्त मानविय कार्यले नेपाली सेनाको नागरिक संबन्धमा थप सुदृढ हुने अपेक्षासंगै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा जनमासप्रती अझ सुरक्षा प्रत्याभुतीको स्थानियले महशुस गरेको उनको भनाई छ ।
उक्त मतदान स्थल÷क्षेत्रमा पट्रोलिङ्गको दौरान चारै तर्फ कोशी नदिको चपेटाले घेरिएको बाटोघाटोको सुविधा नभएकोले धेरै मतदाताहरु निर्वाचनको दिन उपस्थितीमा कमि हुने आशंका गरिएको छ ।
छिमेकी मुलुक भारतसँग सिमा जोडिएकोले गर्दा उक्त निर्वाचनको समयमा जोखिमपूर्ण हुने आकलन गरिएको छ भने दुई स्थानमा डुङ्गाको सहायता लिएर मतपत्र ढुवानीमा गर्नु पर्ने देखिएकोले अवस्था अझ चुनौती पुर्ण रहेको स्थानिय मतदाता राम अवतार सदाले बताए ।
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
सारांश
- बरख गणसँगै शसस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त पट्रोल योजना गरी सुरक्षा प्रत्याभुतिको लागी गतिविधि बढाएको हो ।
- यसैबीच फागुन १३ गते उक्त मतदान स्थलमा सुरक्षा प्रदान गर्न नेपाली सेना बरख गणको पट्रोलिङ्ग टोलीले एक स्थानिय बालिकालाई खुट्टाकाटि घाईते अवस्थामा भेटिदा उद्धार गरि आफ्नो बेशमा ल्याई प्राथामिक उपचार गरी उनका परिवारलाई बुझाएको बरख गणका गणपति सोभित बहादुर चन्दले जानकारी दिए ।
- उक्त मानविय कार्यले नेपाली सेनाको नागरिक संबन्धमा थप सुदृढ हुने अपेक्षासंगै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा जनमासप्रती अझ सुरक्षा प्रत्याभुतीको स्थानियले महशुस गरेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया