दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
पहिलो मिथिला टि ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा रंजितपुर र बोदेबसाईन पुगेको छ ।
मबिव क्याम्पसको खेल मैदानमा भईरहेको सो प्रतियोगिता अन्तरगतको बिहीबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा बोदेबरसाईनले मोरंगलाई ४७ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
त्यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रंजितपुर राईडर्सले लायन्सलाई ४ बिकेट पराजित गर्दै सेमिफाईनलमा प्रवेश पाएको हो ।
सप्तरी क्रिकेट संघको संयोजनमा तथा रंजितपुर राईडर्सको आयोजनमा प्रतियोगिताको पहिलो खेलमा टस जितेर बोदेबरसाईन थन्डर्स ले ४ बिकेट गुमाई १ सय ६१ रन बनाएको थियो । जसमा अभिजित रोहन बिक ६३ प्रशान्त राय ३१ बिकास दास २७ अमित दासले २१ रन बनाए ।
यता बलिंगतर्फ वाईआरसिसि बिराटनगर मुकुन्द यादब ३ बिकेट हात पारे । प्रतिउतरमा १ सय ६२ रनको लक्ष्य लिएका बिराटनगर ले निर्धा्रित १७ ओभरमा सबै बिकेट १ सय १४ रनमै सिमित रहयो । जसमा सिधान्त लोहनी २५ र सुरज पटेल २० रन बाहेक कसैले दोहरो अंक बनाउन सकेन ।
बलिंग तर्फ बोदेबरसाईन का कोमल ओली ३ बिकेट रोहित सिँह र कमल खत्रीले समान्य २र२ बिकेट हात पारेका थिए । सो खेलमा म्यान अफ दि म्याच बोदेबरसाईन टिमका रोहन बिक घोषित भए ।
यस्तै दोस्रो खेलमा टस लायन्सले टस जितेर २० ओभरमा ७ बिकेट गुमाई १ सय ४८ रन को योगफल खडा गरेका थिए । जसमा सुरेन्द्र यादब ४२ रन, पवन दास २६ आषिश झा २५ रन बनाएका थिए ।
बलिगतर्फ रंजितपुर का बिक्रान्त देब २ तथा संजित साह र बलराम मुखिया १÷१ बिकेट लिएका थिए । प्रतिउतरमा रंजितपुर राईडर्स ले १ सय ४९ रनको लक्ष्य लिई मैदानमा ओर्लेका राईडर्सले १९ ओभर २ बलमै ६ बिकेट गुमाई लक्ष्य पार गरेका थिए ।
जसमा बिनय देब ३७ बिक्रान्त देब ३२ पंकज दास ३० र रबिन्द्र यादब २७ रन को योगदान गरेका थिए । बलिंग तर्फ लायन्सका बिकास झा २ पवन दास र बिबेक चौरसियाले १ बिकेट लिए पनि जित को लागि प्रयाप्त भएन ।
उक्त खेलका म्यान अफ दि म्याच रंजितपुर राईडर्सका बिक्रान्त देब घोषित भएको प्रतियोगिता संयोजक प्रमान्त यादबले जानकारी दिए ।
यता भोलीको पहिलो सेमिफाईनल सीता बिद्या आसरम गोदार धनुषा र बोदेरसाईन सप्तरी बिच हुनेछ भने दोस्रो सेमिफाईनल खेल रंजितपुर राईडर्स र योंग अलेभन बरहीबिरपुर बिच हुने आयोजक समितिका अध्यक्ष उदित यादबले जानकारी दिए ।
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश
सारांश
- मबिव क्याम्पसको खेल मैदानमा भईरहेको सो प्रतियोगिता अन्तरगतको बिहीबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा बोदेबरसाईनले मोरंगलाई ४७ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
- त्यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रंजितपुर राईडर्सले लायन्सलाई ४ बिकेट पराजित गर्दै सेमिफाईनलमा प्रवेश पाएको हो ।
- सप्तरी क्रिकेट संघको संयोजनमा तथा रंजितपुर राईडर्सको आयोजनमा प्रतियोगिताको पहिलो खेलमा टस जितेर बोदेबरसाईन थन्डर्स ले ४ बिकेट गुमाई १ सय ६१ रन बनाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया