दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
प्रहरीले चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिका ६ का २८ वर्षिय मोहन कुमार राउत छन् ।
मोटरसाइकल चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७७ चैत ५ गते राउतलाई तीन महिना कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै फरार रहेका उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पुगेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बुधबार नै अदालतमा उपस्थित गराइएका राउतलाई आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल चोरीका फरार अभियुक्त पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिका ६ का २८ वर्षिय मोहन कुमार राउत छन् ।
- मोटरसाइकल चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७७ चैत ५ गते राउतलाई तीन महिना कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो ।
- फैसला लगत्तै फरार रहेका उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पुगेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
प्रतिक्रिया
० प्रतिक्रिया