मोटरसाइकल चोरीका फरार अभियुक्त पक्राउ

राजविराज राजविराज
|
बुधबार, जेठ ११, २०७९
|
|
२३ पटक हेरिएको
Shares
मोटरसाइकल चोरीका फरार अभियुक्त पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिका ६ का २८ वर्षिय मोहन कुमार राउत छन् ।
  •       मोटरसाइकल चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७७ चैत ५ गते राउतलाई तीन महिना कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो ।
  • फैसला लगत्तै फरार रहेका उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पुगेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 
    प्रहरीले चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिका ६ का २८ वर्षिय मोहन कुमार राउत छन् । 
    मोटरसाइकल चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७७ चैत ५ गते राउतलाई तीन महिना कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै फरार रहेका उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पुगेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    बुधबार नै अदालतमा उपस्थित गराइएका राउतलाई आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ