स्थानिय समाचार
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख, प्रसार र पीडितको न्यायकालागि काम गर्दै आएका मनोहर पोखरेल आइतबार जनकपुरमा पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दोसल्ला ओढाएर, इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले प्रंशसापत्र हस्तान्तरण गरेर तथा कोषाध्यक्ष गीता बरालले माला पहि¥याएर सम्मान गरेका हुन् ।….