स्थानिय समाचार

जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण

 सप्तरीको सप्तकोशी नगरपालिकास्थित विभिन्न खोला तथा बाढीबाट प्रभावित हुने क्षेत्रको शुक्रबार सरोकारवाला निकायले स्थलगत निरिक्षण गरेको छ । वर्षायाममा आउने बाढीले ठूलो जनधनको क्षति पु¥याइरहेका क्षेत्रको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, सशस्त्रका प्रहरी उपरिक्षक राजु श्रेष्ठ र सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माद्वारा स्थलगत निरिक्षण गरिएको हो । …..