स्थानिय समाचार

आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु

 कोरोना संक्रमणवाट सोमबार सप्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जिल्लाको विष्णुपुर गाउँपालिकाका हुन । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिष्णुपुर गाउपालिका वडा नं. १ निवासी ४९ बर्षिय जागेश्वर यादबको सोमवार बिहान मृत्यु भएको हो । उनलाई श्वास फेर्न समस्या भएपछि चार दिन अघि परिवारजनले धरान लगेका थिए । उनको धरानस्थित विपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको हो । …..