स्थानिय समाचार
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेaत्र भित्रको खाली जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका सयौं व्यक्तिलाई प्रहरीले बल प्रयोग गरि हटाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिकको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको खाली जग्गामा झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखा जिल्लाबाट बस, ट्रक, ट्याक्टर र जिपमा दैनिक उपभोग्य सामाग्रि तथा लत्ताकपडा, भाडाकुडासहित बोकेर आएका व्यक्तिहरुले जबरजस्ती घर बनाउन खोज्दा प्रहरीले बल प्रयोग गरि हटाएको हो ।…..