स्थानिय समाचार
राजविराजमा रथ यात्रामा जनसागर
राजविराजमा शनिबार भगवान जगन्नाथको भव्य रथयात्रा निकालिएको छ । हजारौंको सहभागितामा स्थानीय श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो । रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, युवायुवती, बृद्धबृद्धा गरि २० हजारको हाराहारीमा भक्तजन सहभागि भए ।…..