स्थानिय समाचार
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
चार दिवसीय लोक आस्थाको महापर्व छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ । यसका लागि विभिन्न जलाशयहरु सरसफाई तथा सजावट गरि पूजाको सम्पूर्ण तयारी पुरा भएको छ । यसअघि दोश्रो दिन बुधवार खरना विधि गरिएको छ । विहान पवित्र स्नान गरी दिनभर निराहार उपवास (व्रत) वसेर राती सक्खरमा पकाइएको खिर कुल देवता र छठी देवीलाई चढाई ब्रतालुले त्यही खिर प्रसादका रुपमा ग्रहण गरी खरना विधी गरिएको थियो । ….